ओली पक्षलाई निरन्तर टक्करः नेपाल-खनालले तोके काठमाडौंका १० संयोजक – Janadesh Daily | ePaper

ओली पक्षलाई निरन्तर टक्करः नेपाल-खनालले तोके काठमाडौंका १० संयोजक


जनादेश अपडेट ।

प्रदेशको सत्ता समीकरणदेखि अफ्ठेरोमा पर्दै गएका नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई निरन्तर टक्कर दिने रणनीतिलाई एमालेको माधव नेपाल पक्षले निरन्तरता दिएको छ ।

नेपाल तथा बरिष्ठ नेता झलनाथ खनाल समूहले काठमाडौंका दसवटै निर्वाचन क्षेत्रमा संयोजक तोकेको हो ।

काठमाडौं जिल्ला कमिटीको बैठकले काठमाडौं–१ मा ओमकुमारी श्रेष्ठ, २ मा रुद्र चापागाईं, ३ मा विमल अर्याल, ४ मा ध्रुवराज न्यौपानेलाई संयोजकको जिम्मेवारी दिएको हो।

यसैगरी काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा आरके सेढाईं, ६ मा लक्ष्मण बिडारी, ७ मा सञ्जयराज शर्मा, ८ मा दीपक महर्जन, ९ मा ईश्वर बिडारी र १० मा बटुकृष्ण थापालाई संयोजक तोकिएको छ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले आफूपक्षीय केन्द्रीय सदस्यको बैठक राखेर झलनाथ खनाल–माधव नेपाल पक्षका सबै पद र जिम्मेवारी खोसेपछि एमालेमा तीव्र विवाद छ। पार्टीविरोधी गतिविधि गरेको आरोप लगाउँदै ओलीले माधव नेपालसहित उनी पक्षका भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टीको साधारण सदस्यतबाट समेत निष्कासन गरिसकेका छन्।

यसैका विरुद्ध नेपाल पक्षले देशव्यापी रूपमा पार्टीका अलग्गै (समानान्तर) समिति बनाइरहेको छ। त्यतिमात्र नभएर प्रदेशदेखि केन्द्रसम्म एमालेको सरकारविरुद्ध फ्लोर क्रस गरेर सत्ता ढाल्ने रणनीति समेत यो समूहले बताएको छ ।

यो पनि हेर्नुस्-

 सत्ता समीकरणको केन्द्रमा फेरि एमसिसीः ओलीको छिर्के दाउमा प्रचण्ड झुक्लान् कि नझुक्लान् !

लुम्बिनीमा सरकार फेर्ने प्रचण्डको उद्घोषपछि शंकर पोखरेललाई तनाव, लेखेः’विध्वंसक बन्न सक्छ’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्