पत्रकार रसिकको ‘पब्लिक स्पिकिङ’ सार्वजनिक    – Janadesh Daily | ePaper

पत्रकार रसिकको ‘पब्लिक स्पिकिङ’ सार्वजनिक   


जनादेश संवाददाता,

जितेन्द्र रसिक | Kendrabindu Nepal Online News

काठमाडौँ ।  पत्रकार तथा साहित्यकार जीतेन्द्र रसिकको पत्रकारिता, उद्घोषण तथा तथा भाषण कलासम्बन्धी पुस्तक ‘पब्लिक स्पिकिङ’ सार्वजनिक भएको छ ।

ब्रदर बुक्सद्वारा आज आयोजित कार्यक्रमा पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्य तथा पत्रकार ईश्वरीप्रसाद वाग्ले, प्रकाशक यज्ञराज न्यौपाने र बद्री अधिकारीले पुस्तक सार्वजनिक गर्नुभयो । कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै प्रकाशन गृहमै पुस्तक सार्वजनिक गरिएको हो ।

पुस्तक पत्रकारिता सिक्न चाहने र उद्घोषण तथा भाषणकला सिक्न चाहने जो कोहीले उपयोगी रहेको पत्रकार वाग्लेले बताएकाछन् ।

बीस वर्ष पत्रकारितामा काम गरिसकेका रसिकले आफ्नो अनुभव नयाँ पुस्ताका लागि उपयोगी हुने भएकाले रेडियो, टेलिभिजन, पत्रिका र अनलाइन पत्रकारितामा आउन चाहनेका लागि सरल भाषामा सिकाइ गर्न सकिने गरी पुस्तक लेखिएको बताएकाछन् ।
रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्