जबर्जस्ती करणी मुद्दाका अभियुक्तलाई जन्मकैद   – Janadesh Daily | ePaper

जबर्जस्ती करणी मुद्दाका अभियुक्तलाई जन्मकैद  


दमौली,

जबर्जस्ती करणी मुद्दामा जिल्ला कारागारको थुनामा रहेका एक अभियुक्तलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश वासुदेव पौडेलको बुधबारको इजलासले भीमाद नगरपालिका–९ का शङ्कर परियारलाई जन्मकैदको फैसला सुनाएको हो ।

साथै पीडितलाई क्षतिपूर्तिबापत रु ५० हजार पीडकबाट दिलाउने फैसला भएको अदालतका निमित्त श्रेस्तेदार जीवन पौडेलले जानकारी दिनुभयो । पूर्ण अपाङ्ग महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा विसं २०७६ मङ्सिर २ गते परियारविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

यसैगरी न्यायाधीश पौडेलको इजलासले जबर्जस्ती करणी मुद्दामा थुनामा रहेका घिरिङ गाउँपालिका–५ का प्रेमबहादुर रानालाई कसुर ठहर गरी सजाय निर्धारणको लागि पेश गर्न आदेश दिएको छ ।

सजाय निर्धारणको लागि यही साउन २९ गते पेशी तोकिएको अदालतले जनाएको छ । घिरिङ –५ स्थित एक महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा राना पक्राउ परेका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्