कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका ३ जनाको मृत्यु – Janadesh Daily | ePaper

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका ३ जनाको मृत्यु


जनादेश संवाददाता,

घोराही ।   सप्तरीमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका तीन जनाको मृत्यु भएको छ ।

राजविराजको छिन्नमस्ता अस्पतालमा उपचारको क्रममा दुई जनाको र उपचारको लागि धरान लैजाँदै गर्दा एक जनाको बाटोमै मृत्यु भएको जिल्ला प्रशासन कार्यलय सप्तरीका प्रशासकीय अधिकृत आनन्दकुमार ठाकुरले जानकारी दिनुभयो ।

मलेसियाबाट आएर होम क्वरेण्टीनमा बसेका रुपनी गाउँपालिका ५ गढियाका पुरुष, राजविराजमा रहेको छिन्नमस्ता अस्पतालमा उपचाररत डाक्नेश्वरी नगरपालिका ९ का ७४ वर्षीय र राजगढ गाउँपालिकाका ८० वर्षीय पुरुषको ज्यान गएको हो ।

उनीहरुको स्वाब संकलन गरी पठाइएको प्रशासकीय अधिकृत ठाकुरले बताउनुभयो ।।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्