घर–घरमा खानेपानीको धारा पुग्दाको हर्ष – Janadesh Daily | ePaper

घर–घरमा खानेपानीको धारा पुग्दाको हर्ष


घोराही, 

प्रदेश ५ सरकार अन्तरगत खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लागतमा निर्माण सम्पन्न भएको नर्ती खानेपानी आयोजना उपभोक्तालाई हस्तान्तरण गरिएको छ ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले खानेपानी सरसफाई तथा उपभोक्ता समितिका अध्यक्ष कुलचन्द्र पोख्रेललाई स्वामित्व प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।

मुख्यमन्त्री पोख्रेलले सरकारले केही गरेन भनेर भन्नेहरुका लागी प्रदेश सरकारले खानेपानी क्षेत्रमा हाँसील गरेको उपलब्धी हेर्न अनुरोध गर्नुभयो । सरकारले काम गरिरहेकाले त्यसको प्रोत्साहन जनस्तरबाट आवश्यक पर्ने तर्क गर्नुभयो ।

प्रदेश भौतीक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले खानेपानीका लागी संरचना बनाएर मात्रै नपुग्ने भन्दै पानीको स्रोत संरक्षणमा ध्यान दिन उपभोक्तालाई आग्रह गर्नु भएको छ ।

दाङ पानीको स्रोत कम भएको जिल्लाको रुपमा रहेको भन्दै उहाँले जलासय निर्माण गरेर पानीको स्रोत संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्