रुकुम पूर्वमा हत्या गरि फरार रहेका अभियूक्तलाई १३ बर्षपछि पक्राउ – Janadesh Daily | ePaper

रुकुम पूर्वमा हत्या गरि फरार रहेका अभियूक्तलाई १३ बर्षपछि पक्राउ


बिक्रम परियार,
रुकुम पूर्व । साविककाे रुकुम जिल्ला रन्मामैकाेट गाविस हालकाे रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका ३ बस्ने ५७ बर्षका फर्तिङगे बुढालाई हत्याकाे अभियाेगमा १३ बर्षपछि प्रहरीले पक्राउ गरेकाे छ ।
साविक रन्मामैकाेट गाविस वडा नं. ७ र अहिलेकाे पुथाउत्तरगंगा – ३ का ४० बर्षिय धनकुमार नेपालीलाई मिति : २०६४ / ११ / २२ गते अपरान्ह ४ बजेकाे समयमा फर्तिङगे बुढा र साेहि ठाउँकै काले बुढा मगर ( बिटालु ) ले कुटपिट गरि घाईते बनाएपछि २०६४ / १२ / १३ गते बिहान ४ बजेकाे समयमा रुकुम पश्चिमकाे सल्ले जिल्ला अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अाज जिल्ला प्रहरी कार्यालय रुकुम पूर्व रुकुमकाेटमा पत्रकार सम्मेलन गर्दै प्रहरीले घटना सार्वजनिक गरेको थियो । प्रहरी निरिक्षक तथा सुचना अधिकारी दिनेश गुरुङका अनुसार प्रतिवादि फर्तिङगे बुढा प्रहरीकाे नियन्त्रणमा रहेको र अर्का प्रतिवादी भनिएका काले बुढा मगर ( बिटालु ) भने पक्राउमा नअाएकाे र गाउलेका अनुसार काले बुढा मगर ( बिटालु ) काे मृत्यु भैसकेको बताए पनि मृत्यु भएको पुष्टि नहुदा प्रहरीले थप अनुसन्धान गरि खाेजि कार्य जारि राखिएको छ ।
अभियुक्त फर्तिङगे बुढा घटना भएपछि १३ बर्ष देखि अाजसम्म अाफ्नै गाउकाे माथि लेककाे गाेठमा लुकिछिपि बसिरहेको अबस्थामा गाेप्य सुराकीकाे अाधारमा ई.प्र.का. रन्मामैकाेटबाट खटिएको प्रहरि टाेलिले प्रतिवादि निज फर्तिङगे बुढालाई मिति : २०७७ / ४ / २० गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।
घटनाकाे मुख्य कारण मृतक धनकुमार नेपालीकाे खच्चडले अाफ्नाे बालिनालि खाईदिएकाे भनी अभियूक्त प्रतिवादि भनिएका दुईजनाले बिवाद शिर्जना गरि कुटपिट गरेको प्रहरीले खुलाएको छ ।
अहिले प्रतिवादि फर्तिङगे बुढा प्रहरीकाे नियन्त्रणमा राखि सम्मानित जिल्ला अदालत रुकुमकाेटबाट म्याद थप गरि ज्यान समन्धि कसुरमा थप अनुसन्धान कार्य भैरहेकाे र फरार भनिएका प्रतिवादी काले बुढा मगर ( बिटालु ) काे खाेजि कार्य जारी रहेको बताइएको छ ।
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्