निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवाप्रदायक एनसेल बन्यो पब्लिक कम्पनी – Janadesh Daily | ePaper

निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवाप्रदायक एनसेल बन्यो पब्लिक कम्पनी


जनादेश संबाददाता,

काठमाण्डौ ।  निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवाप्रदायक एनसेल अब पब्लिक कम्पनी भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले साउन १९ मा एनसेललाई पब्लिक कम्पनीमा जाने स्वीकृति दिएको हो ।

सरकारको लगानी रहेको नेपाल टेलिकम यसअघि नै पब्लिक कम्पनी भइसकेको छ भने एनसेलले पनि पब्लिक कम्पनी भएसँगै सर्वसाधारणमा सेयर बिक्री गर्नुपर्नेछ । दूरसञ्चार क्षेत्रका अन्य कम्पनी पनि पब्लिक लिमिटेडमा रुपान्तरण भएका छैनन् । पब्लिक कम्पनीमा जाने निर्णयसँगै एनसेल प्रालि रहेको कम्पनीको नाम एनसेल आजियटा लिमिटेड भएको छ ।

कम्पनी ऐन २०६३ को दफा १३ (१) बमोजिम प्राइभेट लिमिटेड कम्पनी निश्चित प्रक्रिया पूरा गरेपछि पब्लिक कम्पनीमा रूपान्तरण हुनसक्ने व्यवस्था छ । सोहीअनुसार एनसेल अजियाटाले २०७५ सालमै पब्लिकमा जानका लागि आवेदन दिएको थियो ।

यसका मुख्य लगानीकर्ता मलेसियन कम्पनी अजियाटासँग ८० प्रतिशत स्वामित्व छ भने स्थानीय साझेदारका रूपमा भावना सिंह श्रेष्ठसँग २० प्रतिशत छ । यसको पुँजी वृद्धिका लागि औद्योगिक प्रवद्र्धन बोर्डले स्वीकृति दिनुपर्छ र सो स्वीकृतिपछि मात्र एनसेलको सेयर बजारमा आउनेछ ।

नेपालमा बढी नाफा कमाउने तथा कर तिर्ने कम्पनी पुँजी बजारमा आउँदा भविष्यमा आउने नयाँ कम्पनीलाई पनि सकारात्मक सन्देश दिएको छ । एनसेलले २०६१ साल भदौमा सेवा सञ्चालनको लाइसेन्स पाएको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्