पाण्डवेश्वर मन्दिर परिसरमा सरसफाई – Janadesh Daily | ePaper

पाण्डवेश्वर मन्दिर परिसरमा सरसफाई


चन्द्रप्रकाश नेपाली,

घोराही । घोराही उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको पाण्डवेश्वर मन्दिर धारापानी परिसरमा सरसफाई गरिएको छ । ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तरगत मन्दिर परिसर सरसफाई गरिएको हो ।

मन्दिर व्यवस्थापन समिति, जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय घोराही, सामुदायिक प्रहरी सेवा केन्द्र, धारापानी टो विकास संस्था र डोलगाँउ टोल विकास संस्थाको सहभागीतामा सरसफाई गरिएको हो ।

मन्दिर त्यस अवसरमा मन्दिर परिसरमा रोपीएका बर पीपल लगायत विरुवाहरु गोडमेल पनि गरिएको थियो । २५ जना प्रहरी र ७० जना स्थानीयबासीहरुको सहभागीतामा सरसफाई गरिएको हो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत पर्यटकीय तथा धार्मीक स्थलहरु सरसफाई गर्ने गरेको र सोही कार्यक्रम अनुसार शनिवार पाण्डवेश्वर मन्दिर परिसरमा सरसफाई गरिएको वडा प्रहरी कार्यालय घोराहीका प्रहरी निरिक्षक दिनेश रिमालले जानकारी दिनुभयो ।

कार्यक्रम अन्तरगत साउन ३ गते पाण्डवेश्वर मन्दिर परिसरमा बृक्षारोपण गरिएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्