फेसबुकका कर्मचारीले २०२१ जुलाईसम्म घरबाटै काम गर्ने – Janadesh Daily | ePaper

फेसबुकका कर्मचारीले २०२१ जुलाईसम्म घरबाटै काम गर्ने


सिलिकन भ्याली,

फेसबुकले आफ्ना कर्मचारीलाई २०२१ को जुलाईसम्म घरबाटै काम गर्नका लागि भनेको छ ।

उनीहरुलाई कार्यालयको आवश्यक सामग्रीका लागि १००० डलर पनि दिइने सामाजिक संजालका प्रवक्ताले बताएका छन् । अन्य प्रविधि कम्पनीहरुले पनि यसै किसिमको रणनीति अवलम्वन गरेकोमा फेसबुक पनि उनीहरुको कार्यशैलीमा प्रवेश गरेको छ ।

जुलाईको अन्त्यतिर अल्फाबेटको गुगलले पनि कार्यालय आउन आवश्यक नपर्ने कर्मचारीलाई २०२१ को जुनको अन्त्यसम्म घरबाटै काम गर्नका लागि भनेको थियो । ट्वीटरले पनि आफ्ना केही कर्मचारीलाई टाढैबाट काम गर्नका लागि प्रस्ताव गरेको थियो ।

“स्वास्थ्य र सरकारी विज्ञको निर्देशिकामा आधारित भएर साथै यी विषयको बारेमा आन्तरिक छलफलपछि हामीले कर्मचारीलाई स्वेच्छिक रुपमा जुलाई २०२१ सम्म घरबाटै काम गर्नका लागि भनेका छौ,” फेसबुकका प्रवक्ताले ईमेलमा पठाएको विज्ञप्तिमा लेखेका छन् ।

“यसका अतिरिक्त हामीले कर्मचारीलाई कार्य प्रयोजनमा आवश्यक पर्ने थप १००० डलर दिदैछौ,” उनले भने ।
सरकारी निर्देशन अनुसार भाइरस न्यूनिकरणको प्रयास गरिएका ठाउँहरुमा सीमित क्षमतामा कम्पनीहरु पुनः खोलिने फेसबुकले जनाएको छ ।
उच्च संख्याको कोभिड–१९ का केशका कारण यो वर्षको अन्त्य पूर्व अमेरिका र ल्याटिन अमेरिकाका धेरै ठाउँहरुका कार्यालय पुनः खोलिने सम्भावना न्यून भएको पनि कम्पनीले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्