गाउँपालिकाको बजेट आफ्नो खातामा हाल्ने के.सी.को जागिर खोसियो – Janadesh Daily | ePaper

गाउँपालिकाको बजेट आफ्नो खातामा हाल्ने के.सी.को जागिर खोसियो


जनादेश संवाददाता,

रुकुम । रुकुम पश्चिम स्थित त्रिवेणी गाउँपालिकाको बजेट आफ्नो खातामा हाल्ने लेखा सहायक सुवास केसीलाई जागिरबाट निकालिएको छ ।

केसीले सरकारी बजेट आफ्नो सहितश्रीमती र भतिजाको खातामा हालेपछि वडा अध्यक्ष झक्कुप्रसाद घर्तीको संयोजकत्वमा गठन गरेको छानबिन कार्यदलले केसीलाई जागिरबाट निकाल्ने निर्णय गरेको हो ।

छानबिनको क्रममा केसीले आफ्नो सहितश्रीमती र भतिजाको खातामा झण्डै २५ लाख रुपैयाँ जम्मा गरेको पाइएको छ । गाउँपालिकामै कार्यरत सुवासका काका समेत रहेका लेखापाल हेमन्त केसीको सहयोगमा आफ्नो खातामा मात्रै गाउँपालिकाको सात लाख ९१ हजार रुपैयाँ रकम जम्मा गरेका थिए ।

लेखापाल केसीले सुवासको तलब र भत्ताको लागि भन्दै गाउँपालिकामा जवाफ दिएका थिए । जेठ महिनामा करारमा नियुक्त भए पनि उनले फागुनदेखि नै महिनाको १ लाख ५६ हजारका दरले तलब र भत्ता बुझेको देखिएको कार्यदलले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्