रुकुम पश्चिमको खलङ्गामा निषेधाज्ञा – Janadesh Daily | ePaper

रुकुम पश्चिमको खलङ्गामा निषेधाज्ञा


जनादेश संवाददाता

रुकुम पश्चिम। रुकुम पश्चिमको सदरमुकाम मुसिकोट नगरपालिकाको खलंगा क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

प्रशासनको छट्के अनुगमन : १५ ...

कोरोना संक्रमणलाई नियन्त्रण गर्न भन्दै भोली बिहान ४ बजेदेखि भदौ २ गतेसम्म सदरमुकामको खलंगामा निषेधाज्ञा गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले आज सार्वजनिक सूचना निकालेर सदरमुकामको खलंगा बजार क्षेत्रमा निषेधाज्ञा गरिएको जनाएको छ ।

सिल गरिएको क्षेत्रमा रहेका सबै होटल तथा पसल, सार्वजनिक तथा निजी यातायातका साथै पैदल यात्रामा समेत रोक लगाइएको छ ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्