१७ हजार घुस रकमसहित उदयपुर वन कार्यालयका प्रमुख पक्राउ – Janadesh Daily | ePaper

१७ हजार घुस रकमसहित उदयपुर वन कार्यालयका प्रमुख पक्राउ


जनादेश, काठमाडौँ ।

सव-डिभिजन वन कार्यालय मैनामैनी उदयपुरका प्रमुखसहित ६ जनालाई अख्तियार दूरुपायोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

प्रमुख शिवनारायण यादवसमेतले १७ हजार घुस लिएको उजुरीका आधारमा अख्तियारको टोलिले खान तलासी गर्दा सो रकम भेटिएपछि यादवसहित सव-डिभिजन वन कार्यालय लालबजार रामपुर, उदयपुरका प्रमुख बिनोद कुमार साह, फोरेष्टर रमेश राई, सव- डिभिजन वन कार्यालय मैनामैनी उदयपुरमा कार्यरत फोरेष्टर विशेश्वर चौधरी, वन रक्षक द्वय शैलेन्द्र झा, मनोज कुमार राउतलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान चलिरहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्