मैनामैनीका सहायक वन अधिकृतसहित ६ जना पक्राउ – Janadesh Daily | ePaper

मैनामैनीका सहायक वन अधिकृतसहित ६ जना पक्राउ


काठमाडौं,

घुस लिएको आरोपमा उदयपुरस्थित सवडिभिजन वन कार्यालय मैनामैनीका सहायक वन अधिकृत शिवनारायण यादवसहित ६ जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीको टोलीले यादवसहित सवडिभिजन वन कार्यालय लालबजार रामपुरका सहायक वन अधिकृत बिनोदकुमार साह, फोरेस्टर रमेश राई, सवडिभिजन वन कार्यालय मैनामैनीका फोरेस्टर विशेश्वर चौधरी, वन रक्षकद्वय शैलेन्द्र झा र मनोजकुमार राउतलाई नियन्त्रणमा लिएको हो ।

सेवाग्राहीसँग १७ हजार रुपैयाँ घुस लिएको उजुरी परेपछि प्रहरीको टोलीले खानतलासी गरेको थियो । सो क्रममा घुसबापतको रकम फेला परेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको जिम्मा लगाएको थियो ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्