कस्तो मास्क लगाउँछन् बिल गेट्स ? – Janadesh Daily | ePaper

कस्तो मास्क लगाउँछन् बिल गेट्स ?


एजेन्सी,

कोरोना भाइरस महामारीको वर्तमान समयमा नाकमुख छोप्ने मास्क लगाउनु अनिवार्य जस्तै बनेको छ । आफूलाई संक्रमणको जोखिमबाट बचाउनका लागि घरबाट बाहिर निस्किँदा वा सार्वजनिक क्षेत्रहरुमा जाँदा मास्क लगाउनु अनिवार्य शर्त बनिसकेको छ ।

भाइरस संक्रमणबाट अधिकतम सुरक्षाका लागि कस्तो मास्क लगाउने र कसरी मास्क लगाउने भन्ने विषयमा अनेक खालका तर्क तथा बहसहरु हुने गरेका छन् । पछिल्लो समय मास्क अनिवार्य बन्दै जाँदा यो फेसन ट्रेण्डसमेत बन्न थालेको छ र अनेक खालका महँगा डिजाइनर मास्क तयार भैसककेका छन् ।

मास्क अनेक प्रकार तथा मूल्यका उपलब्ध छन् । यस्तो अवस्थामा विश्वका सर्वाधिक धनी अर्बपतिहरुले कस्ता मास्क लगाउँदछन् होला ? यो सबैको चासोको विषय हो ।

माइक्रोसफ्ट कम्पनीका सहसंस्थापक तथा विश्वका सर्वाधिक धनी व्यक्तिको दोश्रो स्थानमा रहेका बिल गेट्सलाई उनले लगाउने मास्कको प्रकारका बारेमा हालै सोधियो ।

वायर्डसँगको उक्त अन्तर्वार्ताका क्रममा गेट्सले आफूले लगाउने मास्कका बारेमा खुलासा गरेका छन् । गेट्सले आफूले देख्दा अनाकर्षक लाग्ने तथा सामान्य खालको मास्क लगाउने गरेको बताएका छन् ।

आफूले लगाउने मास्क सर्जिकल मास्क जस्तै रहेको र हरेक दिन पूरानो मास्क फ्याँकेर नयाँ मास्क लगाउने गरेको उनले बताएका छन् । तर कुनै डिजाइनर मास्क वा सिर्जनात्मक डिजाइन सहितको मास्क लगाउनु पर्छ कि भन्ने पनि उनलाई लागेको छ ।

माइक्रोसफ्ट सहसस्थापक बिल गेट्सलाई हाल जारी कोरोना भाइरस महामारी कहिले अन्त्य होला ? भनेर सोधियो । यस विषयमा बोल्दै उनले भ्याक्सिन तथा अन्य विषयमा भैरहेका अन्वेषणहरु उत्साहप्रद रहेको भन्दै विकशित मुलुकहरुमा सन् २०२१ को अन्त्य सम्ममा महामारी नियन्त्रणमा आउने बताए ।

गेट्सका अनुसार विश्वभर नै कोरोना भाइरस महामारी अन्त्य हुन भने २०२२ को अन्त्यसम्म कुर्नुपर्नेछ ।

Source: https://www.onlinekhabar.com/2020/08/889163

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्