प्रधानमन्त्री कार्यालयको निर्देशन – सरकारी कार्यालयको सामाजिक सञ्जालमा गुनासा सम्बोधन गर्नु – Janadesh Daily | ePaper

प्रधानमन्त्री कार्यालयको निर्देशन – सरकारी कार्यालयको सामाजिक सञ्जालमा गुनासा सम्बोधन गर्नु


जनादेश सोसल मिडिया वाच।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विद्युतीय सुशासन कायमका लागि सबै सरकारी कार्यालयको सामाजिक सञ्जालको खाता नियमित सञ्चालनको सुनिश्चित गर्न निर्देशन दिएको छ।

कार्यालयका शाखा अधिकृत ज्योति पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै सबै सरकारी कार्यालयमा सामाजिक सञ्जालका माध्यमबाट सूचना, जानकारी सार्वजनिक गर्ने तथा नागरिकका गुनासा सम्बोधन गर्ने राज्यको नीति अनुरूप त्यस निकाय र मातहत कार्यालयले सञ्चालन गरेका खाताहरूको प्रयोगबारे सुनिश्चित हुनुपर्ने उल्लेख गरेका छन्।

विद्युतीय कार्य सञ्चालनको चुस्ताताबारे सात दिनभित्र कार्यालयको इमेल वा हेलो सरकारको ट्विटमा जानकारी गराउन कार्यालयले अनुरोध गरेको छ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्