धार्मिक पर्यटकीय गन्तव्य, मालिका – Janadesh Daily | ePaper

धार्मिक पर्यटकीय गन्तव्य, मालिका


समुद्री सतहदेखि ३४ सय मिटरको उचाइमा अवस्थित मालिका धार्मिक पर्यटकीय गन्तव्यको विकास हुदै गएको छ । मालिका, रघुगंगा र मंगला गाउँपालिकाको सीमानामा पर्ने मालिकामा भगवान शिव र पार्वती घुमफिरका क्रममा पार्वतीको माला खसेको धार्मिक जनविश्वास छ । यससँगै थुप्रै देवीदेवताको तपोभूमी मानिने मालिकामा पुजापाठ र दर्शन गरे आफ्नो मनोकाँक्षा पूरा हुने विश्वासले चण्डी पूर्णिमा, तिहार, जनैपूर्णिमा लगायतका पर्वहरुमा भक्तजनको घुईचो लाग्ने गर्छ ।

उच्च स्थानमा अवस्थित रहेकाले धौलागिरि,नीलगिरि, अन्नपूर्ण लगायत दर्जन बढी हिमश्रृङखलाको दृश्यालोकन, गुरासेजँगल, म्याग्दी, बागलुङ, पर्वत, कास्की र स्याङजा जिल्लाका अधिकाँश क्षेत्रको अवलोकन गर्न पाइनु मालिकाको अर्को विशेषता हो । धार्मिक महत्वसँगै प्राकृतिक सुन्दरताले भरिएका कारण मालिकाधुरीमा चहलपहल बढ्दै गएको मालिका विकास क्षेत्रका अध्यक्ष छकप्रसाद पाइजाले जानकारी दिए । ‘यो पार्वतीले पाईला टेकको पवित्र ठाउँ हो, जहाँ हामी मालिकादेवीको बाश रहेको विश्वास गर्छौ । यहाँ दर्शन र पुजन गरि सन्तान प्राप्ति, सन्तानको सुख र समृद्धिसँगै वैदेशिक रोजगार पनि राम्रो हुने अनूभुति गरेका छौँ’, अध्यक्ष पाइजाले भने, ‘यहाँ आएपछि प्राकृतिक सुन्दरता अर्को विशेषता हो ।’ मालिकामा रघुगंगा गाउँपालिका ७पाखापानीस्थित ठाडाखानी, मालिकाको विम, दुखु र मंगलाको हिदी गरि चार स्थानबाट पुग्न सकिन्छ । चारैतर्फ व्यवस्थित पदमार्ग खुलाईएको छ ।

ठाडाखानीसम्म सडक सञ्जालको पहुँच रहेका कारण त्यहाँबाट तुलनात्मक रुपमा नजिक पर्छ । धार्मिक पर्यटकको चहलपहल बढेपछि विशेष पर्व बाहेक हरेक मंगलबार पुजा र दर्शनको व्यवस्था मिलाउन लागिएको अध्यक्ष पाइजाले जानकारी दिए । ‘यहाँ आएपछि सबैले आनन्दको महसुस गर्छन् अनि आफुले मागेको बर पनि पाइन्छ’, उनले भने । धौलागिरि गाउँपालिका ४ मुदी खिवाङबाट दुईदिन लगाएर दर्शनका लागि आएकी मिना कुमारी पुनले अनूभूति हुने गरि बरदान पाईएका कारण दोश्रो पटक दर्शन गर्न आएको बताइन् ।

‘यहाँ आउन मात्रै केहि कठिन छ । आइसकेपछि स्वर्ग जस्तै लाग्छ, पहिला आउँदा छोराछोरीको पढाइबारे भाकल गरेकी थिएँ, त्यहो पूरा भएपछि दोश्रो पटक आएकी हुँ’, उनले भनिन्, ‘धेरै यस्तो अनुभुति गरेको पाएँ ।’ मालिका विकास क्षेत्रका अनुसार, वि.स १९१० देखि मालिकामा पुजापाठको परम्परा सुरु भएको हो ।

#Copied : SUCCESS QUOTES

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्