१९ अंकले घट्यो नेप्से, सबै उपसमूह राताम्मे – Janadesh Daily | ePaper

१९ अंकले घट्यो नेप्से, सबै उपसमूह राताम्मे


काठमाडौँ । बिहिबार सेयर बजार परिसूचक नेप्से १९.५६ अंकले घटेर एक हजार ९७२.१४ विन्दुमा पुगेको छ ।

बैंकिङ ५, विकास बैंक ५७, जीवन बीमा ५१, निर्जीवन बीमा ९०, अन्य २०, होटल तथा पर्यटन ५२, उत्पादन १०१, फाइनान्स १६, हाइड्रोपावर २८, माइक्रोफाइनान्स ६९ र ब्यापार उपसमूह ३२ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै रुरु जलविद्युत परियोजनाको सेयर ९.९९ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज खानीखोला हाइड्रोपावरको सेयर झण्डै आठ प्रतिशतले बढेको छ ।

यस दिन ३१५ कम्पनीको ५३ लाख कित्ता सेयर २ अर्ब ९ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्