श्य्या थप गर्न आग्रह – Janadesh Daily | ePaper

श्य्या थप गर्न आग्रह


(कोभिड–१९) को सङक्रमण बढ्दै गएपछि कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्र जिल्ला कमाण्ड पोष्टले जिल्लामा रहेका धुलिखेल र शिर मेमोरियल अस्पताललाई भएको श्य्यासङख्याको ३३ प्रतिशत आईसोलेसन श्य्या बनाउन आग्रह गरेको छ ।

आईतबार बसेको कमाण्ड पोष्टको बैठकले आफ्नो श्य्या सङ्ख्याको ३३ प्रतिशत श्य्या कोरोना सङ्क्रमितको उपचारको लागि आइसोलेसन श्य्या स्थापना गर्न आग्रह गरेको हो । यसअघि गत साउन २६ गतेको कमाण्ड पोष्टको बैठकले लेभल ३ को कोभिड अस्पताल रहेको धुलिखेल अस्पताललाई कम्तिमा ५० श्य्या र शिर मेमोरियल अस्पताललाई कम्तिमा २० श्य्याको आईसोलेसन तयार गर्न आग्रह गरेको थियो ।

धुलिखेल अस्पतालमा हाल ५३ वटा श्य्या मात्रै आईसोलेसनको लागि छुट्याएको छ । अस्पतालका सह–प्राध्यापक डा सुमन ताम्राकारका अनुसार करिब ५०० श्य्यासंख्या रहेकोमा अस्पतालमा ५० जना आईसोलेसनमा राखेर उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । “

सरकारलाई भनिदिदैमा पुग्यो तर हामीलाई व्यवस्थापन गर्न कति गाह्रो छ भन्ने के थाहा रु” उहाँले भन्नुभयो, ‘सरकारले भनेअनुसार जम्मा श्य्याको ३३ प्रतिशत श्य्या आईसोलेसनको लागि छुट्याउन गाह्रो छ ।”

बनेपास्थित शिर मेमोरियल अस्पतालमा हाल ५ वटा मात्रै आईसोलेसन श्य्या सञ्चालनमा छन् । अस्पतालका वरिष्ठ कार्यकारी अधिकृत सुन्दर थापाका अनुसार १५० श्य्याको अनुमति भएपनि करिब १२५ श्य्या चालु अवस्थामा रहेको छ । सरकारले गरेको ३३ प्रतिशत श्य्या आईसोलेसन बनाउने निर्णय अनुसार त्यसको लागि बनाउने प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो । पछिल्लो समयमा सङक्रमितहरु बढ्न थालेपछि आईसोलेसन श्य्या नहुँदा होम आईसोलेशनमा राख्नुपर्ने बाध्यता रहेको कमाण्ड पोष्टले जनाएको छ ।

कोभिड–१९ जिल्ला सङ्कटन व्यवस्थापन केन्द्र जिल्ला कमाण्ड पोष्टको गत साउन २६ गतेको निर्णय अनुसार जिल्लाको छ वटा नगरपालिकाहरुमा कम्तिमा १० श्य्या को आईसोलेसन निर्माण गर्न आग्रह गरेको भएपनि अझैसम्म अधिकांश नगरपालिकाले आईसोलेसन श्य्या निर्माण गरेको छ्रैन् । यही भदौ १ गते भित्रमा जिल्लाका छ नगरपालिकाहरुलाई अनिवार्य रुपमा न्यूनतम दश श्य्याको आईसोलेसन निर्माण गर्न आग्रह गरिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्