जनादेश, काठमाडौं ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली अफ्ठेरोमा पर्दै गएको बेला ओलीका प्रियपात्र पूर्वमन्त्री गोकुल बाँस्कोटाले व्यंग्यात्मक ट्वीट गरेका छन् ।
ओली पार्टीका सबै कमिटिमा अल्पमतमा परेर विवाद बढिरहेको समयमा बाँस्कोटाले ओलीमाथि पार्टीले कारबाही गर्न लागेको सुनेको तर पत्यार नलागेको भन्दै व्यंग्य गरेका हुन् ।
‘जिम्वालबाका छिमेकीले भनेको दुईसाताभित्र प्रधानमन्त्रीमाथि पानी पिउन पनि नपाउने गरी खतरा कारवाही गर्ने तयारी छ रे,’ बाँस्कोटाले भनेका छन्, ‘भर्खरै सुनाए । पत्यार नलागे पनि प्रतिक्षा त गर्नु परो अब।’
जीम्वालबाका छिमेकीले भनेकाे दुईसाताभित्र प्रधानमन्त्रीमाथि पानी पिउन पनि नपाउनेगरी खतरा कार्यवाही गर्ने तयारी छ रे! भर्खरै सुनाए।पत्यार नलागे पनि प्रतिक्षा त गर्नु पराे अब।
— Gokul Prasad Baskota (@GokulPBaskota) November 10, 2020
नेकपाभित्र अध्यक्ष ओली पार्टी निर्णयविपरित एकलौटी ढंगले चलेको आरोप लगाउँदै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका शीर्ष नेता उनीसँग रूष्ट छन् ।
बुहमत सचिवालय सदस्यले ओलीलाई सचिवालय बैठक डाक्न दिएको समयसीमा गुज्रिदा पनि निर्णय नभएपछि प्रचण्डले बैठक बोलाउने तयारी गरेका छन् ।
यो पनि हेर्नुस् – नेकपा विवादः अल्टिमेटम ओलीले मानेनन्, सचिवालय बैठक डाक्दै प्रचण्ड
र, यो पनि- सफल भएको कोरोना खोपबारे थाहा पाउनै पर्ने केही कुरा, नेपालको तयारी के