४ करोड ८ लाखमा विक्री भयो गान्धीको चस्मा – Janadesh Daily | ePaper

४ करोड ८ लाखमा विक्री भयो गान्धीको चस्मा


gandhi glasses

लण्डन । भारतीय स्वतन्‍त्रतावादी नेता महात्मा गान्धीको चस्मा लिलाम बढाबढबाट चार करोड आठ लाख रुपैयाँमा विक्री भएको छ ।

बेलायती लिलाम गर्ने एक कम्पनीले गान्धीको चस्मा एक अमेरिकी सङ्ग्रहकर्तालाई विक्री गरेका हुन् । ईस्ट ब्रिस्टल अक्शन्श लिमिटेडका अनुसार अगस्ट महिनाको ३ तारिखमा एउटा साधारण खामभित्र कुनै व्यक्तिले छोडेको अवस्थामा उक्त चस्मा फेला पारिएको थियो।

बीबीसीमा प्रकाशित समाचार अनुसार उक्त चस्मा लगभग ५० वर्षसम्म दराजभित्रै थन्किएर रहेको थियो । चस्माको स्वामित्व ब्रिस्टलको म्यानगस्ट्सफील्डका एक वयोवृद्धसँग थियो । उनले लिलामीबाट यति ठूलो रकम आउनसक्ने अनुमान नै नगरेको बताइन्छ ।

समाचार अनुसार लिलामीमा राख्ने व्यक्तिले काम नलाग्‍ने भन्दै फालिदिन पनि खोजेका थिए । तर अकल्पनीय रकम आउने भएपछि उनले यो चस्माबाट आउने रकम छोरीसँग बाँड्ने प्रतिक्रिया दिए ।

एउटा पत्रमन्जुसामा चस्मा भेटिएको र उक्त चस्माबारे खोजी तथा परीक्षण गरिएको बताइएको छ । चस्मा पुरानो र सुनको जलप लगाइएको भेटिएपछि पनि उक्त चस्मा गान्धीको भएको यकिन भएको थियो । साथै चिठीको खामभित्र भेटिएको उक्त चस्मासँगै गान्धीको चस्मा भएको व्यहोरा लेखिएको पत्र समेत लेखिएको बताइएको छ । एजेन्सी ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्