जनादेश अपडेट ।
एमाले विभाजन टार्न कठिन हुने अवस्था आएपछि नेकपा नेता योगेश भट्टराइले पार्टी एकता जोगाउन षडयन्त्र र छलछाम बन्द गर्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकबाट उनले यस्तो आह्वान गरेका छन् । योगेशले लेखेका छन्– ‘आफूबाट भएको गल्ती सबैले दिलबाट स्वीकार गरी पार्टीलाई विधिसम्मत रुपमा संचालन गर्न सबै हुनुपर्छ ।’
फागुन २३ को अदालतको निर्णयलाई स्वीकार गर्दै २०७५ जेठ २ मा कायम रहेको केन्द्रीय कमिटि बैठक आयोजना गर्नुपर्ने उनको माग छ।
आलोचना र आत्मालोचना बारे –
पहिला २०७७ फागुन २३ गतेको सर्बोच्च अदालतको फैसलालाई सबैले स्वीकार गरौ ।
त्यसपछि २०७५ जेष्ठ…Posted by Yogesh Bhattarai on Monday, 12 April 2021
सबै तहका अधिवेशन गरी आउदो निर्वाचनमा बहुमत ल्याउने कसम खानुनै सबैको भलो हुने उनले उल्लेख गरेका छन् ।
यो पनि हेर्नुहोस् –फुट् उन्मुख एमालेमा एमसिसीको मुद्दा फेरि पेचिलो भीम रावलले भने ‘ओली देशघाती’