माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित – Janadesh Daily | ePaper

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित


जनादेश, काठमाण्डौ । सोमबारका लागि बोलाएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो । पछिल्लो राजनीति अवस्थाबारे अन्य दलसँग छलफल गर्नुपर्ने भएकाले बैठक स्थगित गरिएको नेकपा माओवादी केन्द्रले जनाएको छ।

अब अर्को बैठक मंगलबार १ बजे बस्नेछ। माओवादी केन्द्रको आज बस्ने भनिएको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल गर्ने नेताहरुले बताएका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्