जनादेश सोसल मिडिया वाच।
पूर्वप्रधानमन्त्री तथा नपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले अब आफूहरुको पुस्ताले बढी लोभ नगरी आफुले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र नयॉ पुस्ताको हातमा सुम्पेर जिम्मेवार अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा पूर्वप्रधानमन्त्री डा. भट्टराईले लेखेका छन्, ‘हाम्रो पुस्ता अब बढी लोभ नगरी आफुले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र नयॉ पुस्ताको हातमा सुम्पेर जिम्मेवार अभिभावकको भूमिका निर्वाह गरोस् ।’
हाम्रो नाति/नातिनी पुस्ता विश्वको पहिलो र दोश्रो ठूलो अर्थतन्त्रको वीचमा हुनेछ! त्यसैले छोरा/छोरी पुस्ता अहिले नै देश छोडेर विदेश भागदौड गर्ने हैन यहीं नै भविष्य बनाउन लागोस्! हाम्रो पुस्ता अब बढी लोभ नगरी आफुले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र नयाॅ पुस्ताको हातमा सुम्पेर… https://t.co/OjycLH09IM
— Baburam Bhattarai (@brb1954) July 12, 2023
उनले आफूहरू र नाति र नातिनी पुस्ता विश्वको पहिलो र दोश्रो ठूलो अर्थतन्त्रको वीचमा हुने पनि उल्लेख गरेका छन् । उनले छोरा र छोरी पुस्ता अहिले नै देश छोडेर विदेश भागदौड गर्ने हैन यहीं नै भविष्य बनाउन लाग्नुपर्ने डा. भट्टराईको धारणा छ ।