आज बसेको मन्त्रीपरिषद्ले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको बताइन् ।
टिकटकबाट सामाजिक सद्भाव विगार्ने काम भएकाले यसलाई नियन्त्रण गर्नेबारे चर्चा चलिरहेको थियो । सरकारले यसलाई गम्भिरताका साथ लिई कार्यान्वयनमा जाने निर्णय गरेको मन्त्री शर्माले बताइन् । प्राविधिक काम मिलाउन केही समय लाग्ने उनले बताइन् ।