बुटवलको कोरोना अस्पतालमा दुुई सङ्क्रमितको मृत्यु – Janadesh Daily | ePaper

बुटवलको कोरोना अस्पतालमा दुुई सङ्क्रमितको मृत्यु


जनादेश, बुटवल ।

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना उपचार विशेष अस्पतालमा उपचार गराइरहेका दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

उक्त अस्पतालमा उपचाररत सङ्क्रमितमध्ये कपिलवस्तुका एक पुरुषको मृत्यु भएको करीब १२ घण्टा बित्न नपाउँदै आज बिहान करीब १०ः३० बजे एक महिलाको मृत्यु भएको छ ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका– २, जानकीनगरकी करीब ७० वर्षीया महिलाको कोरोना अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।सो महिलामा थाइराइड र उच्च रक्तचाप समस्या रहेको उहाँले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उनलाई गत साउन २६ गते कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेशनमा राखिएको र स्वास्थ्यमा समस्या देखिँदै गएपछि साउन ३१ गते कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्