देशभर आज थप १२२८ जनामा कोरोना संक्रमण, काठमाडौंमा मात्रै ४४५ – Janadesh Daily | ePaper

देशभर आज थप १२२८ जनामा कोरोना संक्रमण, काठमाडौंमा मात्रै ४४५


जनादेश, काठमाडौ ।

आज थप १२२८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४२ हजार ८७७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन्।

हाल देशभर ७७४२ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा थप ९१७ जना कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै नेपालमा हालसम्म २४ हजार २०७ उपचारपछि निको भएका छन्। पछिल्लो २४ घन्टामा थप ६ संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या २५७ पुगेको छ ।

यस्तै, बिहीबार काठमाडौंमा ४४५ कोरोना संक्रमित थपिएका छन् । काठमाडौँमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ संक्रमित थपिएको गौतमले जनाए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्