फेसबुकमा भुलेर पनि नगर्नुस यो काम – Janadesh Daily | ePaper

फेसबुकमा भुलेर पनि नगर्नुस यो काम


फेसबुक चलाउनु हुन्छ र भेटे जति सबै लिङ्क क्लिक गर्ने बानी छ भने तपाइँलाई चेतावनी छ । खासगरी अश्लिल तस्विर वा लिङ्क देख्ने वित्तिकै क्लिक गर्ने बानी भने आजै देखि छोड्नुस् ।

फेसबुकमा देखिने अश्लिल लिङ्कहरु निक्कै घातक हुन सक्छन् । यस्ता साइट क्लिक गर्दा तपाइँको कम्युटर कामै नगर्ने हुन सक्छ ।

पछिल्लो समयमा फेसबुकमा पोर्न लिङ्क क्लिक गरेकै कारण १ लाख भन्दा बढी कम्प्युटर प्रभावित भएको तथ्याङ्कले देखाएको छ ।

फेसबुकमा राखिने यस्ता लिङ्क क्लिक गर्दा कम्प्युटरमा अनेक समस्या आइरहेका छन् ।

तपाइँको साथीको अकाउण्टबाट शेयर भएको देखिने यस्ता लिङ्क क्लिक गर्ना साथ नयाँ पेज खुल्छ र आफै फ्लाश अपडेट हुन थाल्छ अनि कम्प्युटरमा यहीँबाट समस्या आउन थाल्छ ।

यस्ता लिङ्कबाट कम्प्युटरमा ट्रोजन नामको भाइरस छिर्छ र कम्प्युटरको माउस वा किवोर्डलाई खराव गर्न सक्छ ।

एक पटक यस्तो समस्या आइसकेपछि यो समस्या बढ्दै जान्छ । यो भाइरसले तपाइँको अकाउण्टबाट २० भन्दा बढी साथीलाई ट्याग गरेर पोर्न लिङ्क पठाउँछ ।

अश्लिल तस्विर वा लिङ्क फेसबुकमा देख्नु भो भने अव देखि कहिले पनि क्लिक नगर्नुस्

यो पनि हेर्नुस्- 

बालबालिकाको आखाँ मोबाइल र कम्प्युटरको स्क्रीनबाट कसरी बचाउँने ?

पासवर्ड बनाउँदै कहिल्यै नभुल्नुस यी ४ कुरा 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्