ओलीलाई गगन थापाको आग्रहः “सिधै भन्नुस्, सरकार आइसोलेसनमा छ” – Janadesh Daily | ePaper

ओलीलाई गगन थापाको आग्रहः “सिधै भन्नुस्, सरकार आइसोलेसनमा छ”


जनादेश सोसल मिडिया वाच ।

पूर्वस्वास्थ्य मन्त्री, सांसद एवं नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकार आफै आइसोलेसनमा पुगेको टिप्पणी गरेका छन् ।

कोरोना संक्रमितको परीक्षण र उपचार सरकारले नगर्ने निर्णय सार्वजनिक भए लगत्तै गगनको यस्तो टिप्पणी आएको हो ।

सामाजिक सञ्जाल फेसबुकमा गगनले लेखेका छन्- “स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्णयः कोरोना संक्रमितले आफ्नो उपचार आफैं गर्नु”! यसरी हरेकदिन खुद्राखुद्रामा यस्तो निर्णय गर्नुभन्दा प्रधानमन्त्रीज्यू बरु सिधै भनिदिनुस् “सरकार स्वयं संक्रमित भएर आइसोलेसनमा रहेकोले अब उपरान्त संक्रमितको संख्या गन्ने बाहेक थप केही नगर्ने जानकारी गराइन्छ”।

 

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण र उपचार सरकारले नभई सम्मबन्धित व्यक्तिले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गरेको थियो ।

मन्त्रालयको आइतबारको बैठकले अति अपांगता, जेष्ठ नागरिक, सरसफाइकर्मी , सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अग्रपंक्तिमा खटिने कर्मचारीबाहेक अन्यले परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गरेको प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

अति अपांगता, जेष्ठ नागरिक, सरसफाइकर्मी, सुरक्षाकर्मीमा लक्षण वा चिन्ह देखिएमा परीक्षण तथा उपचार निःशुल्क गरिने तर त्यस्ता व्यक्तिले कोरोना बिमा गरेको भए परीक्षण तथा उपचार खर्च बिमाबाट गरिने निर्णयमा उल्लेख छ ।

निर्णय आइतबार (कार्तिक २)देखि नै लागू गर्ने भएको छ । महामारी भयावह भएको समयमा सरकारले नागरिकको जीवन जोगाउने महत्वपूर्ण दायित्वबाट एकाएक हात झिकेको भन्दै आलोचाना भैरहेको छ ।

नेपालमा कोरोना संक्रममितको संख्या झण्डै डेढ लाख पुग्न लागेको जसमध्ये संक्रिय संक्रमिको संख्या ३९ हजार भन्दा बढी छ । ४० हजार मानिसलाई उपचार आवश्यक रहेको समयमा सरकारले नागरिकको उपचारबाट हात झिकेको छ ।

 

यो पनि हेर्नुस्- 

ओलीलाई प्रचण्डको सन्देश- कर्णालीमा मुख्यमन्त्रीले काम गर्न नपाए अन्य प्रदेशमा पनि समस्या

विश्वका ४ करोड २ लाख मानिसलाई कोरोना, ९० लाख सक्रिय, ७१ हजार गम्भीर 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्