परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने – Janadesh Daily | ePaper

परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने


काठमाडौँ ।

नेपाली मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने भएको छ । कोभिड–१९ बाट थला परेको नेपालको पर्यटन क्षेत्रलाई पुनःस्थापना गर्नका लागि ग्यास्टोनोमी टुरिजम एशोसिएशन अफ नेपालले नेपाली मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गर्न लागेको हो ।

एशोसिएशनका अध्यक्ष सुरेशचन्द्र बस्नेतले नेपालको मौलिक खानामार्फत विदेशी पर्यटक भित्र्याउन ग्यास्टोनोमी टुरिजम ९खाना पर्यटन०लाई विकास गर्न लागिएको जानकारी दिनुभयो । “एशोसिएशनले सातै प्रदेशमा नेपाली खानाको सम्भावित परिकारको बारेमा खोजी गरी मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रबद्र्धनमा लाग्नेछ”, उहाँले भन्नुभयो ।

एशोसिएशनले कोरोनाका कारण होटल बन्द हुँदा कयौँ व्यवसायी तथा मजदूरले रोजगार गुमाउनुपरेको भन्दै होटल व्यवसायी र मजदूरलाई उचित राहतको व्यवस्था मिलाउन सरकारलाई आग्रहसमेत गरेको छ । एशोसिएशनका सचिव भावना केसीले नेपालको आर्थिक मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रलाई पुनःस्थापनाका लागि सरकारले विशेष योजना बनाउनुपर्ने बताउनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्