सत्ता रस्सा-कस्सीमा भारतीय इन्ट्री, मोदीको पार्टीका नेताको रहस्यमय काठमाडौं भ्रमण – Janadesh Daily | ePaper

सत्ता रस्सा-कस्सीमा भारतीय इन्ट्री, मोदीको पार्टीका नेताको रहस्यमय काठमाडौं भ्रमण


जनादेश वाच ।

नेपालमा संविधान जारी भएपछि सबैभन्दा बेखुसी रहेको भारत तर अहिले सबैभन्दा खुसी नै भारत छ भन्ने विश्लेषकहरुको अनुमान छ ।

सर्वोच्च अदालतले २३ फागुनमा नेकपा एकता नै बदर हुनेगरी गरेको फैसलापछि भने भारत नेपाली राजनीतिमा फेरि जवर्जस्तरुपमा फर्किएको र अहिलेका घटनाक्रम उसले चाहेकै दिशामा अघि बढेको महसुस हुन थालेको विश्लेषकहरुले बताएका छन् ।

यही क्रममानेपालमा नयाँ सत्ता समीकरणका लागि केहि महिनादेखि तीव्र रस्साकस्सी चलिरहेका बेला भारतीय जनता पार्टी (बीजेपी) का एक नेता काठमाडौं आएर केहि महत्वपूर्ण भेटघाट गरी फर्केका छन् ।

उत्तर प्रदेश कानपुर क्षेत्रका सांसद समेत रहेका देबेन्द्र सिंह भोले आइतबार अपरान्ह काठमाडौं ओर्लेका हुन्। त्यसपछि उनले महत्वपूर्ण भेटघाट गरेका थिए।

उनीसहितको टोलि आइतबार सवा ३ बजे एयर इण्डियाको फ्लाइटबाट काठमाडौं उत्रिएकाे हाे। उनी लाजिम्पाटस्थित होटेल र्‍याडिसनमा बसेका थिए । नयाँ सरकार गठनबारे राजनीतिक दलहरु अनिर्णित हुँदा केहि महिनादेखि राष्ट्रिय राजनीतिमा गतिरोध उत्पन्न भएको छ।

सत्तारुढ दल नेकपाको विघटन र एमालेमा आन्तरिक विभाजनका कारण प्रधानमन्त्री केपी शर्मा ओली सरकार व्यवहारतः अल्पमतमा परे पनि दलहरुले उनको विकल्प प्रस्तुत गर्न सकेका छैनन्।

ओलीलाई हटाएर नयाँ सरकार गठन गर्नुपर्ने बताइरहेको माओवादी पार्टीले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको छैन।

माओवादी केन्द्र, एमालेको माधव नेपाल र झलनाथ खनाल समूह मात्र होइन, जसपा र कांग्रेसको एउटा पंक्ति सभापति देउवालाई प्रधानमन्त्री स्वीकारेर ओलीको विकल्प खोज्न राजी छन् । तर कांग्रेसको नेतृत्वमा रहेका शेरबहादुर देउवा त्यसका लागि तयार देखिँदैनन् । कारण हो भारतीय दबाब । भारतसँग निकट मानिने अमरेशकुमार सिंहले सार्वजनिकरुपमै भारतले ओली सरकारको निरन्तरता र अर्लि इलेक्सन चाहेको खुलासा गरिसकेका छन् ।

नेपालमा चीनको प्रभाव नियन्त्रण र नेकपा विभाजित होस् भन्ने हो । नेकपासँग भाइचारा सम्बन्ध विस्तार गरेर सी विचारधाराको प्रशिक्षणसमेत चलाएर चीनले नेपाललाई आफ्नो प्रभाव क्षेत्रमा पारिसकेको भारतको बुझाई रहेका कारण ओलीमार्फत चीनलाई पनि निशाना बनाइएको छ ।

नयाँ समीकरण गठनबारे जसपाभित्रको विवाद सबैभन्दा जटिल मोडमा रहेको बताइएको छ । विपक्षी दलहरु विभाजित हुँदा राजनीतिक गतिरोध लम्बिएको छ ।

यहि सकसबीच दिल्लीबाट भारतीय संस्थापनका दूत आएर यहाँ महत्वपूर्ण गोप्य भेटघाट गरी फर्किनुलाई अर्थपूर्ण रुपमा लिइएको छ।

यो पनि हेर्नुस्- 

फुट् उन्मुख एमालेमा एमसिसीको मुद्दा फेरि पेचिलो भीम रावलले भने ‘ओली देशघाती’

एमाले फुट्न कसरी रोक्ने ? यस्तो छ योगेश भट्टराईको सुत्र

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्