नेपालमा प्रयोग भैरहेको खोपमाथि प्रश्नः रगत जम्ने समस्या देखिएको भन्दै डेनमार्कले रोख्यो – Janadesh Daily | ePaper

नेपालमा प्रयोग भैरहेको खोपमाथि प्रश्नः रगत जम्ने समस्या देखिएको भन्दै डेनमार्कले रोख्यो


जनादेश अपडेट ।

नेपालमा प्रयोग भैरहेको अक्सफोर्ड एस्ट्राजेनेको कोभिशिल्ड खोपको प्रयोगमा डेनमार्कले प्रतिबन्ध लगाएको छ । रगत जम्ने समस्या देखिएको भन्दै कोरोना विरुद्धको खोप लगाउन बन्द गरिएको हो ।

यो खोप लगाएका केही व्यक्तिमा स्वास्थ्य समस्या देखिएपछि खोप लगाउन बन्द गरेको बताइएको छ । यो खोप लगाएका केही व्यक्तिमा रगत जम्ने समस्या देखिन थालेपछि खोप अभियान स्थगित गरेको डेनमार्कका अधिकारीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन्।

युरोपियन मेडिसिन एजेन्सीले खोपकै कारण रगत जमेको हुन सक्ने बताएपछि डेनमार्कले यो खोपमा रोक लगाएको हो।

यो खोप लगाएका हरेक ४० हजारमध्ये एक व्यक्तिमा रगत जम्ने समस्यमा पाइएको डेनमार्कका स्वास्थ्य अधिकारीको दाबी छ।

यसअघि युरोपका कतिपय राष्ट्रहरुले अक्सफोर्ड एस्ट्राजेनेका खोपका कारण रगत जमेको भन्दै यो खोप प्रयोगमा रोक लगाएको थियो ।

नेपालमा अक्सफोर्ड एस्ट्राजेनेको कोभिशिल्ड खोप आमरुपमा प्रयोग भैरहेको छ ।

यो पनि हेर्नुस्- 

संसारमा फेरि महामारीः हिजो साढे १३ हजारको मृत्यु, भारतमा थपिए एक दिनमै २ लाख बिरामी

संसारमा फेरि महामारीः हिजो साढे १३ हजारको मृत्यु, भारतमा थपिए एक दिनमै २ लाख बिरामी

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्