शान्तिप्रिय र सरिताको रातो सारी लरक्कै… – Janadesh Daily | ePaper

शान्तिप्रिय र सरिताको रातो सारी लरक्कै…


काठमाडौं,

यसपालि तीज पर्वलाई लक्षित गरेर सञ्चारकर्मीद्वय तथा गीतकार शान्तिप्रिय र गायिका, मोडल सरिता भारतीले नयाँ तीज भाका बजारमा ल्याएका छन् ।

सरिता भारतीले आफ्नो स्वरमा नयाँ तीज भाका ‘रातो सारी लरक्कै…’को भिडियो मंगलबार रिलिज गरेकी हुन् । भिडियोको हिसाबले यो आफ्नो चौथो र रेकर्डिङको हिसाबले यो आफ्नो छैटौं गीत भएको उनले बताइन्, ‘गीतकार शान्तिप्रियले तीजमा महिलाहरुको सोह्र शृंगारको चर्चा गरेर मौलिक गीत बनाउनुभएपछि मैले यसलाई गाएको हुँ,’ गायिका भारतीले भनिन् ।

शान्तिप्रियको भनाइमा उनको यो वर्षको पहिलो तीज गीत हो ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्