‘छमछम काँचको चुरा’ बजारमा – Janadesh Daily | ePaper

‘छमछम काँचको चुरा’ बजारमा


गण्डकी, 

गायिका सावित्री गिरीको ‘छमछम काँचको चुरा’ म्युजिक भिडियोसहितको तीज गीत बजारमा आएको छ ।

छमछम काँचको चुरा' बजारमा – www ...

दर्जनाँै गीतको रचनाका साथै गायन क्षेत्रमा क्रियाशील गायिका गिरीले ‘छमछम काँचको चुरा, चुलठी धागोले जेलेको, सम्झना माया र माइतीको झझल्को सै साथी खेलेको’ भाकाको गीत बजारमा ल्याउनुभएको हो ।

महेन्द्र गिरीको निर्माण र सावित्रीको प्रस्तुति रहेको गीतमा शब्द तथा लयमा कविराज खनाल, छायाङ्कनमा प्रदीपकुमार नापित, नृत्य निर्देशनमा प्रिती गुरुङ र अभिनयमा प्रार्थना श्रेष्ठ रहनुभएको छ । पुकार श्रेष्ठको निर्देशनमा रहेको गीतमा सरगम सांस्कृतिक कला केन्द्रका कलाकारको साथ छ ।

म्युजिक भिडियोकोे वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले शनिबार विमोचन गर्नुभयो । कोइरालाले तीज गीतको आफ्नै मौलिकता भएको उल्लेख गर्दै परिवार, समाज र देशमा भएका वास्तविक घटनालाई तीज गीतमा समेटिनुपर्ने बताउनुभयो । चेलीका दुःखसुखलगायत जीवनका भोगाइलाई समेटेर तीजका गीत बनाइने उहाँले बताउनुभयो ।

कलासाहित्यका संरक्षणबाट हाम्रा चालचलन र संस्कृतको पनि जगेर्ना हुने उल्लेख गर्दै उहाँले तीजका नाममा मौलिकता हराउने गरी भित्रिएका विकृति र विसङ्गति अन्त्य हुनुपर्ने धारणा राख्नुभयो । गायिका गिरीले आफूले छिट्टै तीज भाकाको कोरोना भाइरसको अर्को गीत पनि बजारमा ल्याउन लागेको जानकारी दिनुभयो ।रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्