अलविदा बलराम बानियाँ ! – Janadesh Daily | ePaper

अलविदा बलराम बानियाँ !


जनादेश दैनिक ।

नेपाली ब्रोडशीट कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको दुःखद निधनले पत्रकार जगत स्तब्ध भएको छ ।

सोमबार दिउँसोदेखि परिवार र कार्यालयसँग सम्पर्कविहीन रहेका बानियाँ मंगलबार बिहान मकवानपुरको सिस्नेरीस्थित मान्डो जलविद्युत् परियोजना क्षेत्रमा फेला मृत अवस्थामा फेला परेपछि उनको शव हेटौंडा अस्पताल पु¥याउँदा मात्र उनको सनाखत हुन सकेको थियो ।

सोमबार नै बल्खुस्थित पुलमुनिबाट एक व्यक्ति बगेर बेपत्ता भएको भन्ने खबर प्रहरीलाई भए पनि उनी पत्रकार बानियाँ थिए भन्ने कसैले पनि कल्पना गरेका थिएनन् । महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार बानियाँको शव मंगलबार बिहान करीब ११ बजेमा फेला परेको थियो ।

महानगरीय अपराध महाशाखालाई जानकारी भएअनुसार बानियाँ पुलमुनि जाँदै गर्दा उनको जुत्ता हिलोमा अड्किएको र उनी खोलातर्फ लडेपछि स्थानीयले उद्दारको प्रयास समेत गरेको थाह हुन आएको छ । पानीको अत्यधिक बहाव र उद्दारमा कठिनाइका कारण उनलाई बचाउन नसकिएको स्थानीयको स्वीकारोक्ति छ ।

बगेको स्थान नजिकैबाट भेटिएको छालाको जुत्ता, बल्खु क्षेत्रमा हिँडेको सीसीटीभी फुटेज र स्थानीयको भनाइलाई नियाल्दा त्यहाँबाट बगेको मानिस बानियाँ नै भएको पहिचान खुलेको छ । घटनाका बारेमा थप जानकारी लिन महानगरीय प्रहरी प्रभाग लागिरहेको छ ।

केहीलाई सोधपूछपछि महानगरीय प्रहरी प्रभाग सम्बन्धित सबैसँग कुराकानी र अनुसन्धानमा लागेको छ ।
अलविदा पत्रकार बानिया ! शोकतन्तप्त परिवारजनमा गहिरो समवेदना !!

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्