नेपालकै छेउँमा चीनले यसरी एकसाथ गर्दैछ संस्कृति संरक्षण र विकास (फिचर) – Janadesh Daily | ePaper

नेपालकै छेउँमा चीनले यसरी एकसाथ गर्दैछ संस्कृति संरक्षण र विकास (फिचर)


जनादेश विकाश विशेष ।

छोकाउ गाउँ तिब्बतको लिन्च नगर मातहतको गोङबु च्याङता जिल्लामा अवस्थित छ । सेप्टेम्बर महिनामा छोकाउ गाउँका किसान यतिबेला फसल भित्र्याउन व्यस्त छन् ।

तिब्बती सुगन्धित सुँगुर लिन्च क्षेत्रको विशेष उत्पादन मानिन्छ । पहाड र वनमा पालिनुका साथै वर्षभरि वनमा रहेका जैवीक वनस्पति खाएका कारण यी प्रजातिका सुँगुरको मासु निकै मीठो मानिन्छ भने बजारको माग पनि उच्च छ ।

बितेका केही वर्षयता चनको केन्द्र सरकारको निर्देशनमा स्थानीय सरकारले जोडतोडसँग विभिन्न किसिमका गरिबी निवारण सम्बन्धी सहायता परियोजना अघि बढाएको छ । जसमा किसानहरूको जीवनलाई सम्पन्न पार्ने लक्ष्य मुख्य रहेको छ ।

तिब्बती सुगन्धित सुँगुरको पशुपालन ती सहायता परियोजनामध्येको एक पनि हो ।

छोकाउ गाउँ गुङबु क्षेत्रमा तिब्बतको गुङबु भन्ने परम्परागत गाउँ बस्तीको वास्तु शैली, रीतिरिवाज, सँस्कृति र धार्मिक विश्वासलाई पूर्ण रुपमा सँरक्षित गरिएको एउटा मात्र गाउँ हो ।

सन् २०१४ मा छोकाउ गाउँलाई छैटौं चरणको चिनियाँ ऐतिहासिक साँस्कृतिक नामी गाउँ सूचिमा समावेश गरिएको थियो ।

तिब्बत चीनका सर्वाधिक आर्थिक वृद्धिदर भएका प्रान्तमा दरिइसकेको छ । केही समय यता बेल्ट एण्ड रोड इनिसिएटिभबाट तिब्बतले उच्च फाइदा लिइरहेको छ ।

त्यहाँका भौतिक पूर्वाधार मात्र होइन कृषि र पशुपालनका साथै ग्रामीण पर्यटन पनि नमूनारुपमा विकास भैरहेको छ ।

चीनले सन् २ हजार २० मा देशका सबै गरिवीको रेखा मुनिको जनसंख्यालाई गरिवीको रेखाबाट मुक्त गर्ने लक्ष्य लिएको छ । चीनका हरेक जसो सहर र गाउँमा नयाँ नयाँ उद्यमशीलताका उत्कृष्ट नमूना प्रदर्शन भैरहेका छन् ।

कोरोना महामारीबीच अर्थतन्त्रको चामत्कारिक उत्थान
सफलताका साथ नयाँ कोरोना महामारीको नियन्त्रण गर्दै आएको सिलसिलामा चीनको अर्थतन्त्र स्थिरसँग पुनरुत्थान हुने आधारमा तीव्र गतिले अघि बढेको छ ।

चीन सरकारले जोडतोडसँग देशभित्र नयाँ ढाँचाको आधारभूत प्रबन्धको निर्माण योजनामा लगानी बढाएकाले देशभित्र अधिकांश रोजगारी अवसरको सिर्जना गरेको मात्र होइन आधारभूत प्रबन्ध योजनामा प्रयोग गरिने इस्पात, पत्थर र खानी लगायतका औद्योगिक वस्तुको चाहना पनि ठूलो मात्रामा बढेको देखिन्छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चीनको अर्थतन्त्र स्थिर रुपमा पुनरुत्थान हुने क्रममा चीनको आधारभूत प्रबन्धको निर्माण लहर पनि धमाधमसँग चलेको देखिन्छ। विश्वको आर्थिक स्थिति पहिलेको अनुमानभन्दा राम्रो देखिएको छ जसमा चीनले नेतृत्व लिइरहेको छ ।

चाइना इन्टरनेशनल मिडिया ग्रुपको सहयोगमा

 

यो पनि हेर्नुस्- 

चीनमा गरिवी निवारणको चमत्कारः यसरी धनी बन्दैछन् विपन्न गाउँहरु (तस्विर सहित)

चीनका पहाडमा यसरी हुँदै रेल र रोडको विकास (फोटो फिचर)

हिमालयन रेलः नेपाल-चीन सीमापार रेलको प्रारम्भिक सर्वे सम्पन्न (फिचर) 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्