हिमालयन रेलः नेपाल-चीन सीमापार रेलको प्रारम्भिक सर्वे सम्पन्न (फिचर) – Janadesh Daily | ePaper

हिमालयन रेलः नेपाल-चीन सीमापार रेलको प्रारम्भिक सर्वे सम्पन्न (फिचर)


जनादेश, विकास विशेष ।

नेपाल-चीन सीमापार हिमलायन रेल मार्ग निर्माणका लागि चीन तर्फको प्राम्भिक सर्वे सम्पन्न भएको जानकारी चिनियाँ अधिकारीहरुले दिएका छन् ।

केरुङ–काठमाडौं रेलमार्ग निर्माण आयोजना अन्तर्गत चीनतर्फको भौगर्भिक सर्भेको प्रारम्भिक अध्ययन सकिएको जानकारी दिइएपनि यसको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।

रेल निर्माणको सम्भावनाका लागि थप अध्ययन आवश्यक रहेको जानकारी चीनको चाइना ग्लोबल टेलिभिजन नेटवर्कका पत्रकार शन शिवेइले ट्वीटरमार्फत जानकारी दिएका छन् ।

 

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा सीमा वारपार रेलमार्गको सम्भाव्यता अध्ययनको समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

हिमाली भेग भएका कारण यो रेल परियोजनालाई कठीन मानिएको छ ।

सहमति अनुसार चीनले आफ्नो खर्चमा म्यापिङ सर्वे, भौगर्भिक अध्ययनसहित विस्तृत सम्भाव्यता अध्ययन गर्नेछ भने नेपालले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)का साथै चिनियाँ टोलीलाई सुरक्षालगायतका सहयोग उपलब्ध गराउने प्रावधान तय गरिएको छ ।

केरुङ–काठमाडौं विद्युतीय रेलको अनुमानित दूरी ७०–७२ किमी हुनेछ । चिनियाँ टोलीले विद्युतीय रेलमार्गका लागि रु.२ खर्ब ८० अर्ब लागत अनुमान गरेको छ ।
यो रेल मार्ग निर्माण भएमा यसको लगानी कुन मोडालिटीमा गरिने छ भन्ने तय गरेको छैन । नेपालले बेल्ट एण्ड रोड परियोजना अन्तर्गत चीनले अनुदानमा रेल बनाइदिनुपर्ने मनसाय व्यक्त गर्दै आएको छ ।

चिनियाँ रेलमार्गमार्फत विश्व व्यापार प्रणालीमा जोडिंदा लागत र समय घटेर नेपालको प्रतिस्पर्धी क्षमता बढ्ने विज्ञहरुको भनाई छ । रेलमार्गले सामान ढुवानी खर्च सस्तो तुल्याउँछ ।

करीब ९०० किमी टाढाको कोलकाता बन्दरगाहबाट ट्रक वा लरीबाट सामान ल्याउन, लैजानभन्दा ३५०० किमी टाढाको सांघाई बन्दरगाहसम्म रेलबाट सामान बोक्दा सस्तो पर्ने अनुमान छ । अन्तर्राष्ट्रिय व्यापारमा रेललाई पानीजहाजपछिको सस्तो ढुवानी माध्यम मानिन्छ ।

यो पनि हेर्नुस्- 

कोरोना खोप कहिले आउँछ ? यस्तो छ चीनको अन्तिम तयारी

कोरोना खोप कहिले आउँछ ? यस्तो छ चीनको अन्तिम तयारी 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्