प्रदेश अस्पतालका ६ चिकित्सकमा सङ्क्रमण, ओपिडी सेवा बन्द – Janadesh Daily | ePaper

प्रदेश अस्पतालका ६ चिकित्सकमा सङ्क्रमण, ओपिडी सेवा बन्द


कर्णाली,


प्रदेश अस्पताल सुर्खेतका ६ जना चिकित्सकमा कोरोना सङ्क्रमण देखिएको छ । अस्पतालका अनुसार सङ्क्रमण देखिएकामा दुई जना कन्सल्ट्यान्ट र ४ जना मेडिकल अधिकृत हुन् । अस्पतालका थप एक स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिएको छ ।

अस्पतालका निर्देशक डा डम्बर खड्काले कोरोना विशेष अस्पतालमा सङ्क्रमितको चाप हुनुका साथै कोरोना पुष्टि नभएका तर सङ्क्रमण भएका व्यक्तिबाट जोखिम बढेको बताउनुभयो । हाल कोरोना विशेष अस्पतालमा २३ सङ्क्रमित उपचाररत छन् । चिकित्सकमा सङ्क्रमण देखिएपछि अस्पतालले आजदेखि एक हप्ताका लागि ओपिडी सेवा बन्द गरेको छ । एक हप्तापछि अवस्था हेरेर अर्को निर्णय गर्र्ने निर्देशक खड्काको भनाइ छ । यस अघि अस्पतालका तीन जना चिकित्सकमा कोरोना सङ्क्रमण देखिएको थियो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्