ग्लोवल प्रक्षेपणः यो वर्षको अन्त्यसम्म कोरोनाले थप १९ लाखको मृत्यु – Janadesh Daily | ePaper

ग्लोवल प्रक्षेपणः यो वर्षको अन्त्यसम्म कोरोनाले थप १९ लाखको मृत्यु


एजेन्सी ।
अमेरिकाको वासिङ्टन विश्वविद्यालयस्थित ग्लोबल मोडलले सन् २ हजार २० सम्मको अन्त्यसम्म कोरोना भाइरसका कारण थप १९ लाख मानिसको मृत्यु हुने प्रक्षेपण गरेको छ ।

बढ्दो कोरोना संक्रमण र नर्दन हेमिस्पेयरमा चिसो मौसम सुरु हुने बेला भएका कारण डिसेम्बर महिनामा दैनिक ३० हजार मानिसले कोरोनाका कारण ज्यान गुमाउने अनुमान उक्त संस्थाको छ ।

अर्को वर्षको जनवरी एकसम्म विश्वको कोरोना सम्बद्ध मृत्यु संख्या २८ लाख नाघन्ने र १९ लाखको मृत्यु संख्या यही वर्षनै थपिने ग्लोबल मोडलको अनुमान छ ।

वासिङ्टन विश्वविद्यालयमा इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएसनमा कार्यरत डाक्टर क्रोष्टोफर मर्रेले मास्क लगाउने र भौतिक दुरी कायम गर्ने नियमले कोरोना नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने भएपनि अर्थतन्त्र डामाडोल हुँदै जाँदा संसारभर यस्ता विषयमा दिक्दारी बढेको बताए ।

डिसेम्बर महिनामा युरोप, मध्य एसिया, अमेरिका लगायतका देशमा अवस्था झनै भयावह हुने उनको अनुमान छ ।
ग्लोबल मोडलले डिसेम्बर महिनामा अमेरिकामा हरेक दिन २९ सय जनाको मृत्यु हुने प्रक्षेपण गरेको छ भने भारत, अमेरिका, ब्राजिल, मेक्सिको र जापानमा सर्वाधिक मृत्युदर हुने पूर्वानुमान गरेको छ ।

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७६ लाख ७२ हजार भन्दा बढी पुगेको छ । गत चौबीस घण्टामा संसारमा २ लाख ८९ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै चौबीस घण्टामा थप ५ हजार ५ सय ५१ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । संसारमा अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ लाख ७८ हजार भन्दा बढी पुगेको वर्ल्डोमिटरको तथ्याङ्कले देखाएको छ ।

संसारमा कोरोना निको हुनेको संख्या १ करोड ८८ लाख ७९ हजार भन्दा बढी छ । अहिले संसारमा ७० लाख १४ हजार सक्रिय संक्रमित छन् ।

अर्को वर्षको मध्यसम्म खोपः विश्व स्वास्थ्य संगठन
विश्व स्वास्थ्य संगठनले कोरोनाविरुद्धको खोप बनेर विश्वभर पुग्न कम्तिमा पनि अर्को वर्षको मध्यसम्म कुर्नुपर्ने आँकलन गरेको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख बैज्ञानिक डाक्टर सौम्य स्वामिनाथनले कोरोनाविरुद्धको खोप २ हजार २१ को मध्यसम्म उपलब्ध हुने बताएका हुन् ।

यो पनि पढ्नुस्- रुसले बनाएको कोरोना खोपको नतिजा सकारात्मक

भारतमा अर्को रेकर्डः २४ घण्टामा थपिए ८७ हजार कोरोना संक्रमित 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्