ज्ञानेन्द्रलाई पछि पार्दै श्री ५ कै शैलीमा ओलीः राज्यकोष र सरकारी सञ्चार माध्यमको चरम दुरुपयोग – Janadesh Daily | ePaper

ज्ञानेन्द्रलाई पछि पार्दै श्री ५ कै शैलीमा ओलीः राज्यकोष र सरकारी सञ्चार माध्यमको चरम दुरुपयोग


जनादेश विश्लेषण ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंबैधानिक संसद विघटन गरेपछि उनले निजी मिडियाको सम्पादकीय स्वतन्त्रतामाथि गालीको माध्यमबाट धावा बोलिरहेका छन् भने सरकारी सञ्चार माध्यमलाई मुखपत्रमा परिणत गरेका छन् ।

दुई दिन अघि ओली सरकारका मन्त्री पूर्वमाओवादी नेता मणि थापाले श्री ५ को सरकार भनेका थिए । ओलीको शैली हेर्दा श्री ५ को भन्दा कुनै पनि प्रकारले भिन्न लाग्दैन । ठाँटबाँट देखि अरुलाई होच्याउने तोच्छ्उयाउने उनको रवाफी शैली र त्यसलाई प्रचार गर्ने सरकारी सञ्चार माध्यमको सयन्त्रले पञ्चायतकाललाई पछि पार्न थालेको छ ।

स्वास्थ्यको कारण देखाएर महिनौं देखि सिंहदरबार नपुगेका प्रधानमन्त्री ओली अहिले चुनाव लक्षित देश दौडाहामा छन् र उनले गरेका सामान्य गुट भेलालाई पनि नेपाल टेलिभिजन देखि अन्य सरकारी सञ्चार माध्यमले प्रत्यक्ष प्रसारणमात्र होइन पटक पटक दोहोर्‍यार देखाउने र सुनाउने गरेका छन् ।

ओलीले आफू बाहेक सबैलाई गरेका गालीलाई सरकारी सञ्चार माध्यमले मन्त्र बराबर बनाएर पुनः प्रसारण गरिरहेका छन् । प्रचण्ड नेपाल समूहका ठूला ठूला सभा र नागरिक समाजको आन्दोलनलाई देखेको नदेख्यै गर्ने सरकारी सञ्चार माध्यमले ओलीको भाषणलाई बढाई चढाइ सम्प्रेषण गर्छन् ।

ओली संसद विघटन अघी देखि नै निजी सञ्चारमाध्यमप्रति भने निक्कै अनुदार देखिन्छन् । मे दिवसका अवसरमा प्रधानमन्त्री ओलीले भनेका थिए, “नेपालका केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पनि स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रवृत्तिका प्रयासको समाचार सम्प्रेषण र चर्चा भइरहेको देखिन्छ।”

“एकातिर सम्पूर्ण नेपाली जनता र सिङ्गै विश्व कोरोनाभाइरस महामारीका विरुद्ध लडिरहेको अवस्था छ, अर्कातिर यही अप्ठ्यारो परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयास गरिनु दुःखद कुरा हो।”

त्यससअघि एक पटक प्रधानमन्त्री ओलीले नेपाली सञ्चारमाध्यमले तपाईँ भन्न नजानेको आरोप लगाएका थिए भने अर्को पटक सरकारले गरेका राम्रा कामको चर्चा नभएको र प्रशंसा गर्नका लागि “मुटु र मन भएका सम्पादकहरू नभएको” बताएका थिए।

विश्वभरका प्रेस काउन्सिलसम्बन्धी मान्यताले काउन्सिललाई कार्यपालिकाको छायाँबाट बाहिर स्वायत्त निकायका रुपमा राख्ने गरेको भए पनि नेपालमा भने प्रधानमन्त्री मन्त्रीको खल्तीको संस्थाका रुपमा राखेर प्रेसलाई नियन्त्रण गर्ने लक्ष्य राखेको छ । ओलीलाई ‘बा’ भन्ने पूर्वमन्त्री महेश बस्नेतले त केही मिडिया र सम्पादकको नामै लिएर साइबर सेना लाइदिन्छु भन्ने धम्की दिँदै आएका छन् ।

ज्ञानेन्द्रलाई पनि पछि पार्दै ओली

माघ १९ को सेरोफेरोमा ओलीको शैली पनि ज्ञानेन्द्र साहको भन्दा कम छैन । सरकारी खर्चमा पार्टीको कार्यक्रमका लागि दौडाहमा निस्कँदा हुनसक्ने सम्भावित विरोध र आलोचना रोक्न र घोषित निर्वाचनअघि सरकारको काम देखाउन उनले शिलान्यास र उद्घाटनलाई तीव्रता दिन थालेका छन् । पार्टीका आमसभामा सहभागी हुन कार्यक्रमस्थलसम्म पुग्न भने उनले विकासको आयोजनाहरुका नाममा राज्यकोषको खर्च गरिरहेका छन् । र ती गतिविधिलाई सरकारको नियन्त्रणमा रहेका सबैजसो सञ्चार माध्यमले भक्ति संगीतकै शैलीमा सम्प्रेषण गरिरहेका छन् ।

यो पनि हेर्नुस्_ संसद विघटनलाई धक्काः ‘रातो प्रतिगमन’विरुद्ध आज ७७ जिल्लामा कांग्रेसको प्रदर्शन

ओलीले भाषण गर्न नारायणहिटी नै रोज्नुको रहस्य

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्