आज देशव्यापी हड्ताल, नेताहरु विहानैदेखि चोक-चोकमा, प्रहरीले थाल्यो पक्राउ – Janadesh Daily | ePaper

आज देशव्यापी हड्ताल, नेताहरु विहानैदेखि चोक-चोकमा, प्रहरीले थाल्यो पक्राउ


जनादेश अपडेट ।

नेकपा प्रचण्ड–नेपाल पक्षले आज देशव्यापी आमहड्तालको आह्वान गरेपछि काठमाडौं लगायतका सहरी क्षेत्र विहानैदेखि सुनसान देखिएका छन् ।

सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा आज देशव्यापी आम हड्ताल आह्वान गरिएको हो ।

आम हड्तालको पूर्वसन्ध्यामा काठमाडौंमा बुधबार साँझ ब्यापक मसाल जुलुस निकालिएको थियो ।

उता, आमहड्तालको घोषणासँगै सरकारले काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाएको छ । काठमाडौंका केही स्थानमा बन्द सफल पार्न खटिएका नेताहरु पक्राउ समेत परिसकेका छन् ।

गृहमन्त्रालयले बुधबार नै विज्ञप्ति जारी गर्दै निर्वाधरुपमा यातायात–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको थियो । बिहानैदेखि बन्द गर्न हिँडेका प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरिरहेको छ ।

यातायात, पसल, उद्योग व्यवसाय, कलकारखाना र शिक्षण संस्था बन्द हुने तर आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवाहरुमा अवरोध नगर्ने स्पष्ट पारेको छ । यस्तै विद्यार्थीहरुको परीक्षा सञ्चालनमा पनि कुनै अवरोध नहुने नेतृ पम्फा भुसालले जानकारी दिइन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्