भ्याट छली गरेको अभियोगमा मुद्दा – Janadesh Daily | ePaper

भ्याट छली गरेको अभियोगमा मुद्दा


राजश्व छली गरेको आरोपमा पक्राउ

काठमाडौँ । राजश्व अनुसन्धान विभागले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल बनाई राजश्व छली गरेको अभियोगमा सन्तोषी निर्माण सेवा प्रालिका प्रमुख केशवराज कँडेलसहित तीन जनाविरुद्ध हिजो पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ ।

विभागका अनुसार पौडेलविरुद्ध रु एक करोड ८९ लाख २७ हजार ११२ बराबरको बिगो असुल गरी कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको हो ।

सन्तोषी/लोहनी जेभी र सन्तोषी निर्माण सेवाले आर्थिक प्रलोभन देखाई सर्वसाधारण व्यक्तिको नागरिकता र सहीछाप दुरुपयोग गरी त्यस्ता व्यक्तिका नाममा राजश्व चुहावट गरेको पाइएको छ ।

विभागले सन्तोषी÷लोहनी जेभीका सञ्चालक उज्वलराज कँडेल र लक्ष्मीकुमारी कँडेलविरुद्ध पनि समान बिगो कायम गरेको छ ।

विभागका अनुसार उनीहरुले सर्वसाधारणको नागरिकता र सहीछाप दुरुपयोग गरेर रु ३३ लाख ३१ हजार २२ बराबरको भ्याट र रु ५९ लाख ४६ हजार ४६८ बराबरको राजश्व चुहावटसमेत गरेको पाइएको छ ।

सन्तोषी–रौताहा जेभीको नाममा उनीहरुले उक्त कसुर गरेको पाइएको विभागले जनाएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्