शेयर बजारमा हरियाली, ७१ अंकले बढ्यो नेप्से – Janadesh Daily | ePaper

शेयर बजारमा हरियाली, ७१ अंकले बढ्यो नेप्से


जनादेश, काठमाडौँ ।

साताको पहिलो दिन आइतबार नेप्से परिसूचकमा हरियाली छाएको छ ।

आज नेप्से ७१.४३ अंकले बढेर २ हजार ९४७.४२ विन्दुमा पुगेको छ । आज बैंकिङ २४.२, व्यापार ४२, होटल तथा पर्यटन ७७.४८, विकास बैंक २७३.५२, जलविद्युत २१३.५४, फाइनान्स ११४.९७, निर्जीवन बीमा ४२४.७७, उत्पादन २९९.६९, माइक्रोफाइनान्स ११३.६५ र जीवन बीमा समूह २९७.७१ अंकले बढेका छन् । त्यस्तै, अन्य समूह भने १८.२२ अंकले बढेको छ । आज अन्य समूह बढीरहँदा सामूहिक लगानी कोष भने ०.०५ ले घटेको छ ।

आज १० कम्पनीको शेयर आज १० प्रतिशतले बढेको छ । आज दुई सय ३१ कम्पनीका एक करोड १७ लाख कित्ता शेयर नौ अर्ब ४४ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो कम्पनीको ७२ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्