फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, खाना पकाउने ग्यासमा पनि भारी वृद्धि – Janadesh Daily | ePaper

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, खाना पकाउने ग्यासमा पनि भारी वृद्धि


जनादेश अपडेट ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले डिजेल, पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।

यससँगै पेट्रोलको भाउ उपत्यकामा प्रतिलिटर १३६ रुपैयाँ पुगेको छ भने मट्टीतेल र डिजेलको मूल्य ११९ रुपैयाँ पुगेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यसैगरी निगमले ग्यास सिलिन्डरको भाउ पनि बढाएको छ । निगमले एक सिलिन्डर ग्यासमा ७५ रुपैयाँ भाउ बढाएको हो । यससँगै उपत्यकामा अब एक सिलिन्डर ग्यास किन्न १५७५ पर्ने भएको छ । बढेको मूल्य बुधबार मध्यरातिदेखि लागू भएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्