धरानका मेयर हर्क साम्पाङ्गलाई वर्ल्ड बुक अफ रेकर्ड्स (लण्डनको सम्मान ) – Janadesh Daily | ePaper

धरानका मेयर हर्क साम्पाङ्गलाई वर्ल्ड बुक अफ रेकर्ड्स (लण्डनको सम्मान )


जनादेश, काठमाण्डौं । धरान र धरान उप(महानगरपालिकाका मेयर हर्कराज राई ९ हर्क साम्पाङ्गले आफ्नो प्रयासमा श्रमसंस्कृतिको प्रवर्द्धन गरी देश-विदेशबाट वाहवाही पाएसंगै वर्ल्ड बुक अफ रेकर्ड्स लण्डनले समेत कदर गरेको छ।

मेयर हर्कराज राई ९ हर्क साम्पाङ्गले यही श्रमसंस्कृतिको प्रवर्द्धन गर्दै ९८ दिनमा करीब ४२ किलोमिटर पाइप तानेर कोकाहा खोलाको पानी धरानसम्म ल्याउन सफल भएकोमा वर्ल्ड बुक अफ रेकर्ड्स (लण्डनले उक्त कार्यको मान्यता सहित कदर गर्दै सम्मान गरेको छ।

शुक्रबार धरान उप(महानगरपालिकाको सभाकक्षमा आयोजित समारोहमा वर्ल्ड बुक अफ रेकर्ड्स लण्डनका नेपाल प्रमुख सागर कटुवाल, नेपाल मानब धर्म सेवा समितिका प्रमुख महात्मा चमेली बाईजी ,गायक निर्णय श्रेष्ठ , सिल्भर इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले संयुक्त रुपमा उक्त कदर पत्र हस्तान्तरण गरेका थिए।

वर्ल्ड बुक अफ रेकर्ड्स (लण्डनको कदरपत्र पाएपछि प्रफ्फुलित हुदै मेयर हर्क साम्पाङ्गले आफुले सम्मानका लागि नभएर कामको लागि काम गरेको तर यसरी मुल्यांकन हुँदा अझै काम गर्ने जोश थपिने बताउंदै आफ्नो कार्यकालमा पानीको समस्या सुल्झाउन लागिपर्ने र १ करोड बिरुवा रोप्ने समेत बताए।

वर्ल्ड बुक अफ रेकर्ड्स (लण्डनका नेपाल प्रमुख सागर कटुवालले मेयर साम्पाङ्गको कार्यहरु नियालिरहेको र वहाँको प्रेरणादायी श्रमसंस्कृतिले धेरै नै प्रभाव पारेको बताए।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्