चार महिनादेखि वायु प्रदूषण कम – Janadesh Daily | ePaper

चार महिनादेखि वायु प्रदूषण कम


जनादेश, घोराही ।

नेपालमा चार महिनादेखि वायु प्रदूषण घटेको छ । लकडाउन सुरु भएको दुई हप्तापछि वायु प्रदूषण मापन केन्द्रहरुले हरियो सूचक देखाउन थालेकामा त्यसपछि नियमित हरियो सूचक देखाएको वातावरण विभागका प्रवक्ता इन्दु विक्रम जोशीले जानकारी दिए ।

अघिल्ला वर्षहरुमा वैशाख जेठ महिनामा केहीदिन खडेरी पर्नासाथ प्रदूषणको मात्रा बढ्ने गरेको भए पनि यो वर्ष नबढेको उहाँले बताउनुभयो । वर्षायाममा भने सामान्यतया हावाको प्रदूषण कम हुन्छ । तर अघिल्ला वर्षहरुमा असार साउनमा पनि केही दिन घाम लाग्दा हावाको प्रदूषण बढ्ने गरेकोमा यो वर्ष त्यस्तो नभएको उहाँले बताए।

शहरमा गाडीबाट निस्कने धुवाँ नै वायु प्रदूषणको मुख्य कारण रहेको र लकडाउनमा गाडी कम चल्दा प्रदूषण पनि घटेको वातावरण विभागका प्रवक्ता जोशीको भनाइ छ । त्यस्तै विभिन्न उद्योग पनि बन्द हुँदा उपत्यकासहित शहरहरुमा समेत हावाको गुणस्तर बसोबासका लागि उपयुक्त भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्