जनादेश, दमौली ।
तनहुँ जिल्लाका कृषकहरु युरिया मल नपाउँदा चिन्तित भएका छन् ।
असारमा रोपिएको धान गोडमेल गर्ने बेलामा मल नपाएपछि उनीहरु चिन्तित भएका हुन् ।
व्यास नगरपालिका–११ पोल्याङका किसान राजेन्द्र पौडेल धान र तरकारी खेतीमा प्रयोग गर्न मल नपाइएको गुनासो गर्नुभयो ।
हरेक वर्ष मलको अभाव हुने गरे पनि यस वर्ष भने लकडाउनका कारण कृषक मारमा परेको उहाँको भनाइ छ ।