२३ अषार, काठमाडौ । ललितपुरका विभिन्न ४ अस्पतालका ५ बिरामी सहित २२ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा स्टार अस्पतालमा २ जना, पाटन अस्पतालमा १ जना, मेडिसिटी अस्पतालमा १ जना र अल्का अस्पतालमा १ जना विरामीमा संक्रमण देखिएको हो ।
स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले सोमबार ४ अस्पतालका ५ सहित २२ जनामा संक्रमण देखिएको पुष्टि गरे । उनले नयाँ संक्रमितहरुमा १० जना पुरुष र १२ जना महिला रहेको, ९ देखि ५८ बर्ष उमेर समूहको रहेको समेत जानकारी दिए ।