जनादेश सोसल मिडिया वाच ।
लेखक एवं अभियन्ता खगेन्द्र संग्रौलाले नेताहरुको चाला देखेर विरक्ति व्यक्त गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीको लुट सत्ताको साक्षी बन्न महन्थ ठाकुर पछि पछि लाग्ने र पुष्पकमल दाहाल प्रचण्ड र रामचन्द्र पौडेल ओली सरकार ढालेर नयाँ सरकार बनाउने अलाप गाउँदै हिँडेकोमा खगेन्द्रलाई झ्वाँक चलेको छ ।
उनले शेरबहादुर देउवाको मन पनि ओलीपथमकै समर्थनमा रहेकाले सत्ताराजनीतिको गधा जात्रा देखिएको टिप्पणी समेत गरेका छन् ।
खगेन्द्रले ट्विटरमा लेखेका छन्, ‘ओली सर झूट र लुटकाे प्रतिरक्षाकारी क्षेप्यास्त्र बाेकेर सत्ताराेहणकाे द्वारमा,महन्थ ठाकुर ओली सरकाे पुच्छर समातेर पछिपछि।पुष्पकमल र रामचन्द्र साेम शर्माकाे लबजमा अब हाम्राे सरकार बन्ने भाे भन्दै ट्याउँट्याउँ।देउवा सरकाे देह पीके-रामचनतिर,मन ओलीपथतिर। सत्ताराजनीतिकाे गधा-जात्रा!’
ओली सर झूट र लुटकाे प्रतिरक्षाकारी क्षेप्यास्त्र बाेकेर सत्ताराेहणकाे द्वारमा,महन्थ ठाकुर ओली सरकाे पुच्छर समातेर पछिपछि।पुष्पकमल र रामचन्द्र साेम शर्माकाे लबजमा अब हाम्राे सरकार बन्ने भाे भन्दै ट्याउँट्याउँ।देउवा सरकाे देह पीके-रामचनतिर,मन ओलीपथतिर। सत्ताराजनीतिकाे गधा-जात्रा!
— Khagendra Sangroula (@belakoboli) April 11, 2021
कुनै बेला मधेसविरोधी मानिने प्रधानमन्त्री केपी शर्मा ओलीसँग तराई–मधेस केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष महन्थ ठाकुरबीच निकटता बढेको छ ।
ठाकुरनिकट नेताहरु प्रधानमन्त्रीसँगको निकटता आगामी चुनाव र सत्ता सहयात्रासम्म जान सक्ने बताउँछन् ।
प्रधानमन्त्री र ठाकुरबीचको निकटता शुक्रबार नेपाली काँग्रेसले बोलाएका तीन दलको बैठकमा पनि देखियो । काँग्रेसले राखेको ओली सरकार ढाल्ने प्रस्तावमा ठाकुरले सहमति जनाएनन् ।
यो पनि हेर्नुस्- ओली-महन्थ मित्रता पहिल्यै सुरु भएको खुलासा, चुनावमा सहयात्रासम्मको योजना
विद्यालय बन्द गर्न सिसिएमसीको सिफारिश, प्रधानमन्त्रीले गरे लकडाउन हुन सक्ने संकेत