काठमाडौं,
काठमाडौं उपत्यकाभित्रका स्थानीय तहले अत्यावश्यकबाहेकका सबै सेवा तीन हप्ताका लागि बन्द गर्ने निर्णय गरेका छन्। उपत्यका भित्र रहेको जिल्ला प्रशासन कार्यालयले १५ दिनको लागि आइतबारदेखि लागू हुनेगरी सट डाउन गरिसकेको छ ।
बैठकपछि निर्णयहरु सुनाउँदै मध्यपुर थिमी नगरपालिकाका प्रमुख तथा मेयर फोरमका सचिव मदन सुन्दर श्रेष्ठले उपत्यकाभित्र समूदाय स्तरमा संक्रमणको उच्च जोखिम देखिएकोले भिडभाड कम गर्न अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको बताए।