बालेनको कविता– तिमीलाई ओली मनपर्छ, मलाई बोली मन पर्दैन… – Janadesh Daily | ePaper

बालेनको कविता– तिमीलाई ओली मनपर्छ, मलाई बोली मन पर्दैन…


जनादेश सोसल मिडिया वाच।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपाली राजनीतिका शीर्ष नेताहरूलाई कटाक्ष गरेका छन् ।

उनले शनिवार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाम उल्लेख गर्दै व्यङ्ग्यात्मक कविता लेखेका छन् ।

यस्तो छ बालेनको कविताः

मलाई नेता मनपर्दैन,
तिमीलाई नि त मनपर्दैन,
मलाई एउटा मन पर्दैन,
तिमीलाई यी त मनपर्दैन,
तिमीलाई केपी ओली मनपर्छ,
मलाई बोली मन पर्दैन,
तिमीलाई शेरबहादुर मनपर्छ,
मलाई टोली मन पर्दैन,
तिमीलाई प्रचण्ड मनपर्छ,
मलाई गोली मन पर्दैन ।

शान्तिको दशै मनपर्छ, रगतको होली मनपर्दैन ।
मलाई देश मनपर्छ,
तिमीलाई के मनपर्दैछ ?

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्